नागरिक लगानी कोषको नाफा १३ प्रतिशतले बढ्यो, कस्ता छन् अन्य सूचक ?

२१ कार्तिक २०८०, मंगलवार ११:३०

काठमाडौं । नागरिक लगानी कोषले चालु आर्थिक वर्ष ०८०।०८१ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

समीक्षा अवधिमा कोषले २६ करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा २३ करोड २७ लाख रुपैयाँ आर्जन गरेको कोषको नाफा १३ दशमलव ८२ प्रतिशतले बृद्धि भएको छ ।

चालु आवको असोज मसान्तसम्ममा कोषको ब्याज आम्दानी २३.०३ प्रतिशत बढेको छ भने सेवा शुल्क तथा कमिशन आम्दानी १२.१० प्रतिशत बढेको छ । त्यस्तै, कोषको कुल आम्दानी समीक्षा अवधिमा १४.६० प्रतिशत बढेको छ भने कुल खर्च १७.२७ प्रतिशत बढेको छ ।

समीक्षा अवधिमा कोषको प्रतिशेयर आम्दानी १ रुपैयाँ ९६ पैसा घटेर १९ रुपैयाँ ९४ पैसामा झरेको छ । चुक्ता पूँजीको तुलनामा खुद नाफा बढाउन नसक्दा कोषको यस्तो आम्दानी घट्न पुगेको हो ।

असोज मसान्तसम्ममा कोषको प्रतिशेयर नेटवर्थ १५९ रुपैयाँ ७९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ९३.५३ गुणा रहेको छ।

५ अर्ब ३१ करोड ३७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कोषको जगेडा कोषमा २३ अर्ब ३८ करोड ४३ लाख रुपैयाँ सञ्चित छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*