नागरिक लगानी कोषले खुलायो कार्यकारी निर्देशकका लागि आवेदन

२१ कार्तिक २०८०, मंगलवार १२:५४

काठमाडौं । नागरिक लगानी कोषले कार्यकारी निर्देशकका लगानि आवेदन खुलाएको छ । कोषले खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने गरी आवेदन खुलाएको हो ।

आवेदन दिनका लागि नागरिक लगानी कोष ऐन, २०४७ को दफा ४१(१) र नागरिक लगानी कोषको कार्यकारी निर्देशकको छनौट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८० बमोजिम योग्यता तथा अनुभव भएको हुनुपर्ने कोषले जनाएको छ ।

साथै, अर्थ मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयनसम्बन्धी मापदण्ड, २०७३ को दफा ३ बमोजिम नियुक्तिका लागि योग्यता भएको र सोही मापदण्डको दफा ४ बमोजिम अयोग्न नरहेको हुनुपर्नेछ ।

आवेदन दिन योग्य एवम् इच्छुकले शैक्षिक योग्यता, अनुभव, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, वैयक्तिक विवरण र २ प्रति पासपोर्ट साइजको फोटो तथा उपर्युक्त कार्यविधिको दफा ६ बमोजिमको व्यावसायिक कार्ययोजना खामबन्दी गरी अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा पेश गर्नुपर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*