यी कम्पनीको भयो आज सर्वाधिक कारोबार

२१ कार्तिक २०८०, मंगलवार १५:०६

काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार सामान्य अंकले बढेको छ । कारोबारको अघिल्लो दिन २० अंकले बढेको शेयर बजार आज सामान्य अंकले बढेको हो ।

मंगलबार शेयर बजार ९ दशमलव ७७ को अंकले बढेर १८५७ दशमलव ३१ को विन्दुमा कायम भएको छ । शेयर बजार बढेसँगै कारोबार रकम पनि बृद्धि भएको छ ।

शेयर बजार बढेसँगै हिमालयन बैंकको प्रोमोटर शेयरको सर्वाधिक कारोबार भएको छ । आज बैंकको नौ करोड १६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, माछापुच्छ्रे बैंकको ६ करोड ३८ लाख रुपैयाँ, सोनापुर मिनिरल्सको पाँच करोड ८७ लाख रुपैयाँ, सानिमा जिआइसी इन्स्योरेन्सको पाँच करोड बढीको कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*