कीर्तिपुर मैदानमा फ्लड लाइट जडानको अभिभारा एमएसआईपीएल–एएससी पावरलाई

२१ कार्तिक २०८०, मंगलवार १६:००

काठमाडौँ । कीर्तिपुर अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा फ्लड लाइट जडानको अभिभारा एमएसआईपीएल–एएससी पावर जेभीले पाएको छ । दोस्रो पटक आह्वान गरिएको टेन्डरबाट फ्लड लाइट जडानको कार्य उक्त कम्पनीले पाएको हो ।

फ्लड लाइट जडान कार्य सम्पन्न भएपछि कीर्तिपुर क्रिकेट मैदानमा दिवा—रात्रि खेलका लागि सुविधा उपलब्ध हुनेछ । उक्त कम्पनीले फ्लड लाइट जडानको ठेक्का २७ करोड ४० लाख २ हजार २२ रुपैयाँमा पाएको हो ।

राष्ट्रिय खेलकुद परिषद् का सदस्यसचिव टंकलाल घिसिङले आगामी चारदेखि पाँच महिनाभित्र कीर्तिपुर क्रिकेट मैदानमा फ्लड लाइट जडानको कार्य सम्पन्न हुने बताएका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*