काठमाडौं सडकका छाडा गाईबाच्छा काञ्जी हाउसमा राख्ने बालेनको योजना

२२ कार्तिक २०८०, बुधबार ११:३४

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले काठमाडौं महानगरपालिकाको सडकमा भेटिएका छाडा गाईबाच्छा दक्षिणकालीमा लगेर काञ्जी हाउसमा सुरक्षित रुपमा राखिने बताएका छन् ।

कात्तिक २२ गते बालेनले सामाजिक सञ्जालमार्फत सडकमा भेटिएका छाडा गाईबाच्छा दक्षिणकाली नगरपालिका वडा नं. ७ कोपुगाउँमा रहेको काञ्जी हाउसमा राखिने जनाएका हुन् ।

‘सडकमा छाडिएका चौपायाले खान पाएका छैनन्, तिर्खा लागको बेला पानी पाउँदैनन्, बिरामी पर्दा उपचार पाउँदैनन् । सवारी दुर्घटनाको जोखिम पनि उत्तिकै छ, उनीहरुलाई यी जोखिमबाट बचाउन काञ्जी हाउसमा लैजान लागेका हौं ।’ उनले बताएका छन् ।

साथै काञ्जी हाउसमा लगिएका चौपायालाई खुवाउन १० मेट्रिक टन साइलेज खरिद गरेर ल्याइसकेको र हेरचाह गर्नका लागि २ जना स्थानीयलाई दैनिक ज्यालादारीमा लिईएको पनि बताएका छन् । त्यस्तै, दक्षिणकाली नगरपालिकाको वडा नं. ७ सँग सहकार्यमा पानी, बिजुलीलगायतका सुविधा पनि उपलब्ध गराउने बालेनले बताएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*