निरन्तर घट्दै सुनको मूल्य

२२ कार्तिक २०८०, बुधबार ११:००

काठमाडौं । केही दिनयता निरन्तर रुपमा घटिरहेको सुनको मूल्य आजपनि घटेको छ । आज सुन प्रतितोला ३०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख १४ हजार ७०० रुपैयाँ र तेजावी सुन प्रतितोला १ लाख १४ हजार १५० रुपैयाँमा कायम भएको छ । अघिल्लो दिन (मंगलबार) छापावाला सुन प्रतितोला १ लाख १५ हजार र तेजावी सुन प्रतितोला १ लाख १४ हजार ४५० रुपैयाँमा कायम भएको थियो ।

त्यस्तै आज चाँदीको भाउ प्रतितोला २० रुपैयाँले घटेर १ हजार ३८५ रुपैयाँमा कायम भएको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ४०५ रुपैयाँमा कायम भएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*