ङादी ग्रुप पावरले विद्युत बिक्रीबाट गर्यो उल्लेख्य आम्दानी, अन्य सूचकको अवस्था कस्तो ?

२२ कार्तिक २०८०, बुधबार १३:०१

काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडले विद्युत बिक्रीबाट उल्लेख्य आम्दानी गरेको छ । कम्पनीले सार्वजनिक गरेको प्रथम त्रैमासिक वित्तीय विवरण अनुसार गत वर्षको तुलनामा यस वर्ष कम्पनीको विद्युत बिक्री आम्दानी बढेको हो ।

कम्पनीले चालू आवको पहिलो त्रैमाससम्म विद्युत बिक्री गरी ४ करोड ८२ लाख रूपैयाँभन्दा बढी आम्दानी छ । गत वर्ष यही अवधिसम्म कम्पनीले विद्युत बिक्रीबाट ४ करोड ६६ लाख रूपैयाँभन्दा बढी आम्दानी गरेको थियो । कम्पनीको विद्युत बिक्री खर्च भने गत वर्ष ६६ लाख ७८ हजार रूपैयाँ रहेकोमा यस वर्ष १९ लाख रूपैयाँभन्दा बढी भएको छ ।

त्यस्तै, यस वर्ष कम्पनीको खुद नाफा २ करोड ४४ लाख रूपैयाँभन्दा बढी भएको छ । गत वर्षको सोही अवधिसम्म कम्पनीले ९ करोड ९४ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको थियो ।

कम्पनीको यस वर्ष वित्तीय खर्च घटेको छ । गत वर्ष १ करोड ९७ लाख रूपैयाँभन्दा बढी वित्तीय खर्च गरेको कम्पनीको यस वर्षको वित्तीय खर्च २२ लाख १६ हजार रूपैयाँभन्दा बढी भएको छ ।

कम्पनीको व्यवस्थापन खर्च बढेपछि यस वर्ष सञ्चालन नाफासँगै खुद नाफा पनि घटेको छ । गत वर्ष १२ करोड ६४ लाख रूपैयाँभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष ३ करोड ७१ लाख रूपैयाँभन्दा बढी सञ्चालन नाफा गरेको छ ।

हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ८५ करोड १२ लाख ७९ हजार रूपैयाँ रहेको छ । अन्य इक्वीटी ८ करोड ८७ लाख रूपैयाँभन्दा बढी रहेको कम्पनीको जगेडा कोष रकम ८ करोड ३८ लाख रूपैयाँभन्दा बढी रहेको छ ।

त्यस्तै, वार्षिक प्रतिशेयर आम्दानी ५ रूपैयाँ २८ पैसा रहेको यस कम्पनीको प्रतिशेयर नेटवर्थ १०९ रूपैयाँ ३२ पैसा रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*