नेपाली बजारमा काफको नयाँ उत्पादन लन्च

२२ कार्तिक २०८०, बुधबार १७:१५

काठमाडौं । विश्व प्रसिद्ध किचन अप्लायन्सेस ब्राण्ड काफले आफ्ना विभिन्न उत्पादनहरु नेपाली बजारमा लन्च गरेको छ । कम्पनीले आज एक कार्यक्रमको आयोजना गरी उक्त उत्पादनहरु लन्ज गरेको हो ।

कम्पनीले एकैपटक चार ओटा स्टोरमार्फत काफका उत्पादन लन्च गरेको छ । जुन काठमाडौंमा त्रिपुरेश्वर, कमलादी र काठमाडौं बाहिर पोखरा र बुटवलमा एकै साथ चार स्टोर सञ्चालनमा ल्याएको हो ।

कम्पनीले काफका कुकर हुड्स (फिल्टरलेस कुकर विथ ड्राइहिट अटो क्लिन टेक्नोलोजी), बुइल्ड इन हब्स, बुइल्ड इन इन्डक्सन हब्स, बुइल्ड इन बार बि क्यू, बुइल्ड इन ओभन, बुइल्ड इन डिसवासर, बुइल्ड इन माइक्रोवेभ, कुकिङ रेञ्ज, वाइन कुलर, बुइल्ड इन रेफ्रिजेरेटर, ओटीजी, कुक टप्स, भेन्टिलेसन फ्यान, सिन्क्स, किचन एसोसरिज, हार्डवेयर एण्ड ड्रयर सिस्टम लगायतका उत्पादन स्टोरमार्फत प्रयोगकर्तालाईमा उपलव्ध भएको जानकारी गरेको छ ।

किचनका सामग्रीको लागि स्थापित ब्राण्ड काफका बारेमा नेपाली उपभोक्ता पनि जानकार रहेता तापनि नेपालमा औपचारिक विक्री केन्द्रमार्फत पहिलो पटक विक्री शुरु गरिइएको हो । काफका उत्पादनले भारतमा उत्कृष्ट किचन सामग्रीको अवार्ड प्राप्त गरेको छ । अन्य कम्पनीका उत्पादनभन्दा काफका उत्पादन सस्तो, हेर्दा राम्रो गुणस्तरीय र टिकाउ रहेको छ ।

काफका उपकरणले प्रयोगकर्ताको अवश्यकता पूरा गर्दै भान्साको सौन्दर्यतालाई बढावा दिन्छ । हाम्रा किचन सामग्री गुणस्तरीय, उच्च प्रदर्शन क्षमता, सुविधा र प्राविधिक रूपमा उत्कृष्ट पनि छन् ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*