प्रतितोला हजार रुपैयाँले घट्यो सुन

२३ कार्तिक २०८०, बिहीबार ११:१४

काठमाडौं । केही दिन यतादेखि सुनको भाउमा निरन्तर गिरावट आइरहेको छ । बिहीबार सुन प्रतितोला एक हजार रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १३ हजार ७०० र तेजावी सुन प्रतितोला १ लाख १३ हजार १५० रुपैयाँमा कायम भएको छ । बुधबार छापावाला सुन प्रतितोला १ लाख १४ हजार ७०० र तेजावी सुन प्रतितोला १ लाख १३ हजार १५० रुपैयाँमा कायम भएको थियो ।

त्यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ३८५ रुपैयाँमा कायम भएको चाँदी आज ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३८० रुपैयाँमा कायम भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*