पहिलो त्रैमासमा जीवन बीमा कम्पनीहरुको नविकरण बीमा शुल्क आर्जन झण्डै ३५ अर्ब, कुन कम्पनीले कति भित्र्याए ? (तथ्याङ्कसहित)

२३ कार्तिक २०८०, बिहीबार ११:४५

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको असोज महिनासम्ममा ३४ अर्ब ८ करोड २० लाख रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेका छन् । बीमा प्राधिकरण सार्वजनिक गरेको तथ्याङ्क अनुसार सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीको नविकरण बीमा शुल्क गत वर्षको तुलनामा १८.८३ प्रतिशतले बृद्धि भएको देखिएको छ ।

गत वर्षको असोज महिनासम्ममा जीवन बीमा कम्पनीहरुले २८ अर्ब ६८ करोड १३ लाख रुपैयाँ नविकरणमार्फत बीमा शुल्क आर्जन गरेका थिए । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको विवरणअनुसार १३ बीमा कम्पनीको नविकरण बीमाशुल्क आर्जन बढेको छ ।

जीवन बीमा कम्पनीहरुले जीवन बीमा ब्यवसायमा उल्लेख्य प्रगति गरेको तथ्याङ्ककले देखाएको छ । सो मध्ये सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सले असोज महिनासम्ममा ९ अर्ब ३५ करोड ७२ लाख रुपैयाँ नविकरणमार्फत बीमा शुल्क संकलन गरेको छ ।

कम्पनीको गत वर्षको तुलनामा नविकरण बीमा शुल्क आर्जन ७.६७ प्रतिशतले बढ्न पुगेको हो । त्यस्तै, सो अवधिसम्म एलआइसी नेपालले पनि चार अर्ब २८ लाख रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेकोछ । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानले पनि बीमा ब्यवसायमा उल्लेख्य प्रगति गर्दै असोज मसान्तसम्म तीन अर्ब ९३ करोड नविकरण बीमा शुल्क संकलन गर्न सफल भएको छ ।

चालु आवको तीन महिनामा हिमालयन लाइफले तीन अर्ब ८५ करोड १६ लाख रुपैयाँ नविकरण शुल्क आर्जन गरेको छ । हिमालयन लाइफलाई पच्छ्याउँदै नेशनल लाइफले पनि सो अवधिसम्ममा तीन अर्ब २८ करोड ५४ लाख रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेको छ ।

त्यस्तै, सूर्यज्योति, एशियन, सानिमा रिलायन्स, सिटिजन र मेट लाइफले नविकरण शुल्क मार्फत एक अर्बमाथि रहेको छ । प्रभु महालक्ष्मी लाइफले ९३ करोड ५६ लाख रुपैयाँ, आइएमई लाइफले ७६ करोड रुपैयाँ, रिलायबल नेपालले ६८ र सन नेपालले ५८ करोड रुपैयाँमाथि नविकरण बीमाशुल्क आर्जन गरेको छ ।

गत वर्षको तुलनामा कुनले कति प्रगति गरे ?

गत वर्षको असोज महिनाको तुलनामा यस अवधिसम्म सबैभन्दा बढी नविकरणमार्फत प्रिमियम कलेक्सन बढाउनेमा सरकारी स्वामित्व रहेको राष्ट्रिय बीमा संस्थान रहेको छ । संस्थानले गत वर्षको तुलनामा यस अवधिसम्म २९८.२६ प्रतिशतले नविकरण बीमा शुल्क आर्जन बढाएको छ । यद्यपि यो सही तथ्याङ्क होइन । गत आवमा संस्थानले नागरिक लगानी कोषबाट प्राप्त रकम ढिला प्रविष्ट गरेको र यस वर्ष समयमै प्रविष्ट गरेकोले बृद्धि भएको देखिएको हो । आगामी महिना समयोजन हुनेछ ।

त्यस्तै, यता बीमा ब्यवसायमा उल्लेख्य प्रगति गर्दै प्रभु महालक्ष्मी लाइफले पनि सो अवधिसम्म ३४.९५ प्रतिशतले नविकरण बीमा शुल्क आर्जन बढाएको छ ।

साथै गत आर्थिक वर्षको सोही अवधिको तुलनामा रिलायबल नेपाल लाइफले ३०.८९ %, सानिमा रिलायन्स लाइफले १९.७१%, सन नेपाल लाइफले १९.७१ %, हिमालयन लाइफले १९.१७% ले नविकरण बीमा शुल्क आर्जन बढाएको छ ।
त्यस्तै, आइएमई लाइफले १७.९३%, सूर्यज्योति लाइफले १६.६४%, एशियन लाइफले ११.८९%, सिटिजन लाइफले ११.२०%, नेपाल लाइफले ७.६७%, मेट लाइफले ७.०१% र एलआइसी नेपालले ० दशमलव २९% ले नविकरण बीमाशुल्क आर्जन बढाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*