सामाजिक सञ्जाल नियन्त्रण गर्ने सरकारको निर्णय, फेसबुक र टिकटकमा मनपरी लेख्न र बोल्न नपाइने

२३ कार्तिक २०८०, बिहीबार १५:०४

काठमाडौं । सरकारले सामाजिक सञ्जालमा मनपरी लेख्ने र बोल्ने प्रवृत्तिलाई नियन्त्रण गर्न सामाजिक सञ्जाल सञ्चालन निर्देशिका पारित गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले सामाजिक सञ्जाल सञ्चालन निर्देशिका २०८० संशोधनसहित पारित गरेको हो ।

मन्त्रिपरिषदले निर्णय गरेसँगै निर्देशिका कार्यान्वयनमा जानेछ । निर्देशिमा उल्लेख गरिएका व्यवस्थाहरु सार्वजनिक नभए पनि सामाजिक सञ्जालमा मनपरी लेख्ने र बोल्न पाइने छैन । त्यसो गरिएका खण्डमा कानूनी कारबाहीको भागिदार बन्नुपर्ने छ । सरकारले सामाजिक सञ्जाल सञ्चालनलाई नियमन गर्न निर्देशिका ल्याएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*