बीमा प्राधिकरणले लिएको अनलाईन अभिकर्ताको परिक्षामा १५१ जना उत्तीर्ण, २३ जना अनुत्तीर्ण

२३ कार्तिक २०८०, बिहीबार १६:५७

काठमाडौं । नेपाल बीमा प्राधिकरणले अनलाईनबाट सुरु गरेको अभिकर्ता इजाजत पत्र सम्बन्धी अनलाइन परिक्षामा १५१ जना अभिकर्ताहरु उत्तीर्ण भएका छन् ।नेपाल बीमा प्राधिकरणले संचालन गरेको पहिलो डिजिटल परिक्षामा परिक्षार्थीहरुको सहभागीता उचित र पारदर्शी का साथ सम्पन्न भएको बीमा प्राधिकरणका अभिकर्ता शाखाका प्रमुख ओम बहादुर अधिकारी बताँउछन् ।

हाल नेपाल बीमा प्राधिकरणले संचालन गर्न प्रयोग गरेको सफट्वयरले जुम मार्फत परिक्षार्थीको हरेक गतिविधि नियालेर प्राधिकरणमा सूचना संवाह गर्ने काम गर्दछ । सो को आधारमा बीमा प्राधिकरणले चिट चोर्ने र प्रश्नपत्रमा छलफल गर्ने लगायतका यावत् बिषयमा कुनै कामहरु परिक्षा समयमा गर्न नपाउने प्रावधान बीमा प्राधिकरणले गरेको छ।

सो कारण पनि बीमा प्राधिकरणले निकै संयमितका साथ परिक्षा दिईरहेको अभिकर्ता शाखाका प्रमुख अधिकारीले जानकारी दिए ।

कुल १९५ जनाले परिक्षार्थी सहभागी भएको परिक्षामा १५१ जना उत्तीर्ण भएका छन् भने २३ जना जना अनुतीर्ण भएका छन् । बाँकि ११ जना भने परिक्षामा सहभागी भएका छैनन् ।

प्राधिकरणको अभिकर्ता इजाजत पत्र शाखाका अनुसार परिक्षामा सहभागीमध्ये २३ जनाले न्यूनत्तम ५० अंक प्राप्त गर्न नसक्दा अनुतीर्ण भएका हुन् ।

अनुत्तीर्ण भएका परिक्षार्थीहरुले पुन परिक्षा दिनुपर्ने हुन्छ । रद्ध भएको परिक्षाको हकमा भने तीन महिनापछि मात्रै परिक्षामा सहभागी हुन पाउने व्यवस्था गरिएको छ।
पहिलो परिक्षा सफलतापूर्वक सम्पन्न भएको अभिकर्ता शाखाका प्रमुख ओम बहादुर अधिकारीले बीमापोष्टलाई जानकारी दिएका छन्।

One thought on “बीमा प्राधिकरणले लिएको अनलाईन अभिकर्ताको परिक्षामा १५१ जना उत्तीर्ण, २३ जना अनुत्तीर्ण

  1. Dal Bahadur Singh says:

    Namaste sir/mam
    Iam very interested .

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*