माधव नारायण नगरपालिकामा बीमा प्राधिकरणको अन्तरक्रिया कार्यक्रम

२३ कार्तिक २०८०, बिहीबार १७:४९

काठमाडौं । नेपाल बीमा प्राधिकरणले रौतहट जिल्लाको माधव नारायण नगरपालिकामा बीमा सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त कार्यक्रममा प्रदेश कार्यालय प्रमुख कुसुम शर्माले बीमा र बीमा प्राधिकरणको बारेमा प्रस्तुतिकरण गरेकी थिइन् । प्रस्तुतिकरण पश्वातको छलफल कार्यक्रममा सहभागीहरुले कृषि तथा विभिन्न बालीहरुको बीमाका बारेमा र दावी भुक्तानी प्रक्रियामा जिज्ञासा राखेका थिए ।

कार्यक्रममा जीवन बीमक र निर्जीवन बीमकका प्रतिनिधिहरुले स्थानीय भाषामा समेत बीमा सम्बन्धी जानकारी दिएका थिए । कार्यक्रमका अतिथि माधव नारायण नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतले बीमकहरु बीमालेख बिक्रिमा मात्रै केन्द्रित नभई दावी भुक्तानीलाई प्राथमिकतामा राख्न सुझाव दिएका थिए । साथै, पालिका कृषि बीमा गर्न इच्छुक रहेको हुँदा बीमकहरुलाई कृषि तथा पशुपन्छी बीमा सम्बन्धी नगरपालिकासंग समन्वय गर्न आग्रह गरेका थिए ।

उक्त कार्यक्रमको सभापतित्व नेपाल बीमा प्राधिकरण मधेश प्रदेश कार्यालय प्रमुख कुसुम शर्माले गरेकी थिईन् । कार्यक्रममा प्रमुख अतिथिको रुपमा माधव नारायण नगरपालिकाका नगर प्रमुख बैजनाथ प्रसाद यादव, विशेष अतिथीको रुपमा नगर उपप्रमुख निर्मला देवी रमण, अतिथिको रुपमा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत देवनाथ यादव रहेका थिए ।

उक्त कार्यक्रमको सञ्चालन नेपाल बीमा प्राधिकरणका सहायक निर्देशक अनिश तिमिल्सिनाले गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य प्राधिकरणका सागर आचार्यले गरेका थिए । उक्त कार्यक्रममा विभिन्न वडा वडाध्यक्षहरु, कार्यपालिकाका सदस्यहरु, नगरपालिकाका कर्मचारीहरु, अगुवा कृषकहरु, बैंक तथा वित्तिय संस्थाका प्रतिनिधीहरु र बीमकका शाखा कार्यालयका प्रतिनिधीहरु तथा महिला समुहका व्यक्तिहरु गरी करिब ८० जनाको सहभागिता रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*