घुस लिएको अभियोगमा पक्राउ परेका सर्वेक्षकसहित ३ जनाविरुद्ध मुद्दा

२४ कार्तिक २०८०, शुक्रबार १३:०६

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको अभियोगमा पक्राउ परेका सर्वेक्षकसहित तीन जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

आरोपीहरुले जग्गा कित्ताकाट गरेबापत सेवाग्राहीसँग घुस मागिरहेको भन्ने उजुरीका आधारमा खटेर गएको अख्तियारको टोलीले सर्वेक्षक देव नारायण ठाकुर र विचौलिया उमेश यादवलाई नगद ७० हजार र ५५ हजार रुपैयाँको चेकसहित घुस लिईसकेको अवस्थामा गत असोज २९ गते पक्राउ गरेको थियो ।

अनुसन्धानको सिलसिलामा नापी कार्यालय भद्रपुर झापामा कार्यरत सर्वेक्षक देव नारायणठाकुर, सर्वेक्षक सुबाष चन्द्र यादव र बिचौलिया उमेश यादवसमेतको योजनामा उक्त घुस लिएको खुल्न आएको अख्तियारले जनाएको छ ।

आरोपीहरुलाई अख्तियारले १ लाख २५ हजार विगो कायम गरी कात्तिक २४ गते शनिबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*