प्रभु क्यापिटल र एस इन्स्टिच्युट अफ म्यानेजमेन्ट कलेजबीच सम्झौता

२४ कार्तिक २०८०, शुक्रबार १४:३५

काठमाडौं । प्रभु क्यापिटल लिमिटेड र एस इन्स्टिच्युट अफ म्यानेजमेन्ट कलेजबीच सम्झौता भएको छ । कलेजका व्यवस्थापन विभागको स्नातक तथा स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरुलाई थेसिस सम्बन्धि बिषय लगानी योजना, वित्तीय तथा जोखिम व्यवस्थापनसहित पूँजी बजारको सैद्धान्तीक तथा व्यवहारिक ज्ञान प्रदान गरी विद्यार्थीहरुको क्षमता अभिबृद्धि गर्ने उद्देश्यले सम्झौता गरिएको हो ।

कात्तिक २३ गते भएको उक्त सम्झौतामा लिमिटेडका प्रमुख कार्यकारी अधिकृत आशिष गौचन र कलेजका संचालक अभिषेक के. कार्कीले हस्ताक्षर गरेका हुन् । कार्यक्रममा लिमिटेडको तर्फबाट प्रमुख लगानी अधिकृत दुर्गा नन्द झा तथा कलेजको तर्फबाट कार्यक्रम संयोजक ऋकिता श्रेष्ठेको उपस्थिती रहेको थियो ।

सम्झौता अनुसार लिमिटेडले कलेजका विद्यार्थी तथा कर्मचारीहरुलाई आफनो सेवामा सहुलियत प्रदान गर्ने साथै विद्यार्थीहरुको आवश्यकता बमोजिम पूँजी बजार सम्बन्धी सामान्य, आधारभुत, तथा प्राविधिक विश्लेषण सम्बन्धी ज्ञान तथा तालिमहरु प्रदान गर्नेछ ।

त्यसै गरि क्यापिटलले व्यवहारिक ज्ञान प्रदान गर्न विद्यार्थीहरुलाई इन्टर्नशिपको पनि अवसर प्रदान गर्ने गरि सम्झौता भएको कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*