बालेनले महानगरभित्र राती १ बजेसम्म देउसी भैलो खेल्न दिने, महानगर प्रहरीले ‘गस्ती’ गर्ने

२४ कार्तिक २०८०, शुक्रबार १४:२५

काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र राती १ बजेसम्म देउसी भैलो खेल्न पाउने मेयर बालेनको फेसबुक स्टाटस चर्चामा आएको छ । सामाजिक सञ्जाल फेसबुकमा काठमाडौं महानगरका मेयर बालेन्द्र शाह ‘बालेन’ले राती १ बजेसम्म भैलो खेल्न मिल्नेगरी सुरक्षा प्रबन्ध मिलाएको स्टाटस पोष्ट्याएका छन् । विगतमा प्रहरी प्रशासनले गर्ने गरेको कडाईका अघि उनको स्टाटस चर्चित भएको छ ।

सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै यसअघि प्रहरी प्रशासनले राति ९-१० बजेसम्ममात्रै देउसी भैलो खेल्न दिन्थ्यो। मेयर बालेनले भने मध्यरात भन्दा पनि अबेर देउसी भैलो खेल्नेलाई महानगर प्रहरीले पेट्रोलिङ गर्ने उद्घोष गरेका छन् । यद्यपि, उनले मर्यादित भएर देउसी भैलो खेल्न आग्रह गरेका छन्। उनले महानगरकै शैली अनुरुप प्रहरी र जिल्ला प्रशासन कार्यालयलाई सुरक्षा प्रबन्ध मिलाउन अनुरोध पनि गरेका छन्। जिल्ला प्रशासन कार्यालय काठमाडौंले भने प्रतिक्रिया दिइसकेको छैन ।

बालेनले फेसबुकमा लेखेका छन्, ‘यो वर्ष काठमाडौं महानगर नगरप्रहरीले ‘राती १’ बजेसम्म सुरक्षाको लागि पेट्रोलिङको व्यवस्था मिलाएको छ र सोही समयसम्म मर्यादित भएर देउसी भैलो खेलीदिनु हार्दिक अनुरोध गर्दछौं ।’

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*