‘नेपाल सुपर लिग २०२३’ को टिकेट पार्टनरमा आइएमई पे

२४ कार्तिक २०८०, शुक्रबार १४:५६

काठमाडौं । ‘नेपाल सुपर लिग २०२३’ को आधिकारिक टिकेट पार्टनरको रुपमा आइएमई पे रहने भएको छ । त्यसका लागि आइएमई पे र नेपाल स्पोर्ट एण्ड इभन्ट्स म्यानेजमेन्ट (एनएसईएम) बीच साझेदारी भएको हो ।

‘नेपाल सुपर लिग २०२३’ यही नोभेम्बर २४ देखि सुरु हुँदैछ । बहुसंख्यक खेल प्रेमीहरुको चासो भएको नेपाल सुपर लिगमा डिजिटल भुक्तानी र टिकट सेवाहरुमा आबद्ध भई फ्यानहरलाई आगामी सिजनको टिकट खरिद सहज र झन्झटमुक्त बनाउने लक्ष्य पेले लिएको छ ।

त्यस्तै, नेपाली फुटबल विकासका विभिन्न आयामहरूमा जोडिन पाउँदा गौरवान्वित रहेको आइएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले बताएका छन् । ‘नेपाल सुपर लिग २०२३’ रोमाञ्चक फुटबल गतिविधि र मनोरञ्जनका साथ एक विद्युतिय सिजन हुने विश्वास पेले लिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*