आज कुकुर तिहार, आजै अपरान्ह लक्ष्मी पुजा गरिँदै

२६ कार्तिक २०८०, आईतवार ०७:२०

काठमाडौं । यस वर्षको तिहारको आज दोस्रो दिन । आज विहान घरघरमा कुकुर तिहार मनाइदैछ । आजको दिनलाई नरक चतुर्दशी भनिन्छ ।
आज कुकुरको पुजाआज गरी, मिष्ठान्न खाने कुरा दिएर कुकुरको पुजा गरिन्छ । कुकुरलाई इमान्दार जनावरको रुपमा लिइन्छ ।

कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठो खान दिए यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रूपमा मूलढोकामा बस्ने श्याम र सबल नाम गरेका कुकुरले सहजरूपमा बाटो छोडिदिने हिन्दु धार्मिक विश्वास छ। यस्तै कुकुरलाई भगवान भैरवको बाहनको रुपमा पनि चिनिने गरिन्छ ।

यसैबीच, आज साँझ लक्ष्मी पुजा समेत गरिन्छ । धन्यधान्यकी देवी लक्ष्मीको विशेष पुजाआजा गर्नाले धन तथा श्रीबृद्धि हुन्छ भन्ने मान्यता रहेको छ । आजको दिनलाई सुख रात्री भनि भनिन्छ । साँझ परेपछि घरघरमा झिलिमिली बत्ति बालेर घर बाहिरको आँगनदेखि सफा गरी, लिपपोत गरी दियो बाल्दै लगेर लक्ष्मीको पुजा गर्ने प्रचलन रहेको छ ।

आज युवा युवतीहरु मिलेर, भैली खेलिन्छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*