प्रोटेक्टिभ माइक्रोको नाफा झण्डै साढे ३ लाख, कस्ता छन् अन्य वित्तीय सूचक ?

२६ कार्तिक २०८०, आईतवार १२:०८

काठमाडौं । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले तीन महिनामा तीन लाख बढी रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले आज प्रकाशित गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

प्रकाशित वित्तीय विवरण अनुसार समीक्षा अवधिमा कम्पनीले तीन लाख २२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । त्यस्तै, कम्पनीले यस अवधिमा सात लाख १७ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

तीन महिनामा कम्पनीले ५१ हजार रुपैयाँ खुद बीमा शूल्क आर्जन गरेको छ । कम्पनीले बीमा शुल्क मध्ये पुनर्बीमामा मात्रै सात लाख १७ हजार रुपैयाँ खर्च गरेको छ ।
समीक्षा अवधिमा कम्पनीको संचित मुनाफा १८ लाख ४८ हजार र अन्य इक्ववीटी २८ लाख ५३ हजार रहेको छ । बीमा कोष असोज मसान्तमा ५३ लाख ७८ हजार पुगेको छ ।
कम्पनीको प्रतिशेयर आम्दानी २५ पैसा रहेको प्रकाशित वित्तीय विवरणले देखाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*