तिहारमा सूनचाँदीको मूल्य घट्यो, कतिमा हुदैछ आजको कारोबार ?

२६ कार्तिक २०८०, आईतवार १२:५४

काठमाडौं । तिहारको मुखमा सूनचाँदीको मूल्य सामान्य रुपले घटेको छ । साता कारोबारको पहिलो दिन अर्थात आइतबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोलामा १ हजार रुपैयाँ र चाँदीको भाउ प्रतितोलामा २० रुपैयाँले घटेको छ ।

नेपाली बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख १३ हजार ७००रुपैया र तेजावी सुनको मूल्य १ लाख १३ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।

गत शुक्रबार छापावाल सुनको भाउ १ लाख १४ हजार ७०० रुपैयाँ र तेजावी सुनको भाउ प्रतितोला १ लाख १४ हजार १५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आईतबार चाँदीको भाउ भने १ हजार ३८० रुपैयाँ कायम भएको छ । गत शुक्रबार १ हजार ४०० रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*