मंसिरका लागि रिलायन्स र प्रोग्रेसिभ फाइनान्सले ब्याजदर स्थिर राखे

२६ कार्तिक २०८०, आईतवार १३:५८

काठमाण्डौ । दुईवटा फाइनान्स कम्पनीले मंसिरका लागि ब्याजदर स्थिर राखेका छन्। रिलायन्स र प्रोग्रेसिभ फाइनान्सले मंसिरका लागि ब्याजदर स्थिर राखेर प्रकाशित गरेका हुन्। यी दुवै फाइनान्सले कात्तिक महिनाकै मुुद्दति निक्षेपको अधिकतम ब्याजदर मंसिरमा निरन्तरता दिएका छन्।

रिलायन्स फाइनान्सले कात्तिकमा ३ वर्ष र सोभन्दा माथि अवधिको व्यक्तिगत मुद्दति निक्षेपतर्फ ११।२५ प्रतिशत र संस्थागततर्फ ९।२५० प्रतिशत ब्याजदर दिएको थियो। सोही ब्याजदरलाई कम्पनीले मंसिरमा पनि निन्तरता दिने भएको छ।

रिलायन्सले कात्तिकका लागि लागू भएको बचतको ब्याजदर अधिकतम ८।५० प्रतिशत र कल निक्षेपको ३।७५ प्रतिशतलाई मंसिरमा पनि निरन्तरता दिएको छ।

यसैगरी प्रोग्रेसिभ फाइनान्सले पनि कात्तिकमा ३ वर्ष र सोभन्दा माथि अवधिको व्यक्तिगततर्फको मुद्दति निक्षेपमा अधिकतम ११।५० प्रतिशत र संस्थागततर्फ ९।५० प्रतिशत ब्याज दिएको थियो। सोही ब्याजदरलाई कम्पनीले मंसिरमा निरन्तरता दिने भएको छ।

प्रोग्रेसिभले बचतमा अधिकतम ९।२५ प्रतिशत र कल निक्षेपमा ३।६ प्रतिशत ब्याजदरलाई मंसिरमा पनि निरन्तरता दिने भएको छ। यी दुई फाइनान्सले ब्याजदर स्थिर राखेसँगै अन्य फाइनान्स कम्पनीले ब्याजदर घटबढ नगर्ने सम्भावना रहेको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*