लक्ष्मीपूजा गर्दा कपडामा आगो सल्किएर एक जनाको मृत्यु

२७ कार्तिक २०८०, सोमबार १३:०५

काठमाडौं। लक्ष्मीपूजा गर्ने बेलामा कपडामा आगो सल्किएर भक्तपुरमा एक जनाको मृत्यु भएको छ। लक्ष्मी पूजा गर्दा आगो लागेर मध्यपुर थिमि नगरपालिका-१ लोकन्थली मनोरमपार्क नजिकै बस्‍ने ८३ वर्षीय सावित्रीदेवी दाहालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आफ्नै घरको दोस्रो तल्लामा रहेको पूजा कोठामा लक्ष्मीपूजा गर्ने क्रममा अचानक आगोले उनको कपडा भेटेको थियो। बैठक कोठाको भुइँमा आगो लागेर लडेको अवस्थामा उनका श्रीमानले देखेपछि पानी हालेर आगो निभाए पनि घटनास्थलमै उनको मृत्यु भएको बताइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*