अबदेखि सरकारी कागजातमा नेपाल संवत अनिवार्य लेख्ने सरकारको निर्णय

२७ कार्तिक २०८०, सोमबार १४:२७

काठमाडौं। नेपाल सरकारले अबदेखि सकारी कागजातमा नेपाल संवत अनिवार्य उल्लेख गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्‍ बैठकले नेपाल संवत् ११४४ देखि विक्रम संवत् उल्लेख गरिने सरकारी कागजातमा नेपाल संवत् समेत उल्लेख गर्ने निर्णय गरेको हो।

नेपाल संवत् ११४४ मंगलबार सुरु हुँदैछ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफू पहिलोपटक प्रधानमन्त्री भएका बेला २०६५ मा नेपाल संवतलाई राष्ट्रिय मान्यता दिएका थिए।

नेपाल सम्वतका प्रवर्तक शंअधर साख्वा हुन्। उनले विपन्न जनताको ऋण तिरेर उनीहरुलाई ऋणमुक्त बनाएको दिनको सम्झनामा विक्रम संवत् ९३६ देखि यो सम्वत् थालिएको हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*