गृहमन्त्रीले भने-आजैबाट टिकटक बन्द हुन्छ

२७ कार्तिक २०८०, सोमबार १४:२५

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले टिकटक आजैदेखि बन्द हुने बताएका छन् । प्राविधिक काम गर्न एक डेढ घन्टा लाग्ने भए पनि त्यसपछि बन्द हुने मन्त्री श्रेष्ठले बताए । उनले ‘सामाजिक सदभाव बिगार्ने, उश्रृंखल गतिविधि गर्ने, राष्ट्रियता कमजोर बनाउन टिकटक प्रयोग भएपछि त्यसलाई नियन्त्रण गर्न बन्द गर्ने निर्णय लिएका हौं’ भनेका छन् ।

यसअघि सरकारले सामाजिक सञ्जाल नियमन गर्न निर्देशिका जारी गरेको थियो । उक्त निर्देशिकामा सामाजिक सञ्जाललाई नियमन र व्यवस्थित गर्ने सम्बन्धमा विभिन्न विकल्पहरु दिइएको थियो । सञ्चार मन्त्रालयका अनुसार निर्देशिकाले सुरुमा त्यस्ता सामाजिक सञ्जाललाई सूचीकरण गर्न आउनलाई केही समय दिने र नआएका खण्डमा नेपालभर चलाउन नमिल्ने गरी बन्द गर्ने व्यवस्था गरेको थियो । निर्देशिका आएको हप्तादिन भित्रै सरकार सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णयमा पुगेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*