नेपालसहित कति पुग्यो टिकटक बन्द गर्ने देशहरुको संख्या (सूचीसहित)

२७ कार्तिक २०८०, सोमबार १६:१९

काठमाडौं । नेपालसँगै संसारभर टिकटकमाथि प्रतिबन्ध लगाउने मुलुकहरुको संख्या २७ पुगेको छ । नेपाल सरकार मन्त्रिपरिषद बैठकले सोमबार मात्रै टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको हो । टिकटकमा सामाजिक सद्भाव विथोल्ने खालका गतिविधि बढेको भन्दै सरकारले प्रतिबन्ध लगाउने निर्णय गरेको सञ्चार मन्त्री रेखा शर्माले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिन् ।

सामाजिक सञ्जाल प्लेटफर्ममा प्रयोगकर्ताले गलत प्रस्तुति वा कार्य गरेमा त्यसलाई नियमन अथवा स्वःनियमन गर्नसक्ने विभिन्न प्रावधान छन् । तर, टिकटकको हकमा सजिलै फेक आइडी खोल्न सकिने, फेक फिल्टरहरू, गुनासो सुनुवाइको व्यवस्था नहुनु आदीले गर्दा नियमन गर्न असहज भएको क्रियाहरु आइरहेका छन् भने बन्द गर्नुको साटो व्यवस्थित ढंगले नियमन गर्न सकिनेतर्फ सरकार सोच्नु पर्ने प्रतिक्रिया पनि आएका छन् ।

सरकारले बारम्बार प्रयोगकर्तालाइ सभ्य वन्न आग्रह गर्दा र टिकटकका प्रतिनिधिलाई पनि बोलाएर छलफल गरेपनि झन् छाडापन बढेपछि बन्द गर्नुको विकल्प नदेखिएको सरकारी पक्षको भनाई छ । विश्वका अधिकांश मुलुकले अंग्रेजी यसै वर्ष अर्थात् २०२३ मा प्रतिबन्ध लगाएका छन् । उनीहरुमध्ये अधिकांशले सुरक्षा चुनौतीलाई मुख्य कारण बनाएका छन् ।

कुन कुन देशमा छ, टिकटक प्रतिबन्ध ?
१. बेलायत (२०२३)
२. अमेरिका (२०२२)
३. न्यूजिल्याण्ड (२०२३)
४. क्यानाडा (२०२३)
५. ताइवान (२०२२)
६. बेल्जियम (२०२३)
७. डेनमार्क (२०२३)
८. पाकिस्तान (२०२०)
९. अफगानिस्तान (२०२२)
१०. भारत (२०२२)
११. सोमालिया (२०२३)
१२. अर्मेनिया (२०२०)
१३. अवरवैजान (२०२०)
१४. बंगलादेश (२०२१)
१५. इन्डोनेसिया (२०१८)
१६. ईरान (२०२२)
१७. जोडर्न (२०२२)
१८. अष्ट्रिया (२०२३)
१९. ईस्टोनिया (२०२३)
२०. फ्रान्स (२०२३)
२१. आयरल्याण्ड (२०२३)
२२. लाटभिया (२०२३)
२३. माल्टा (२०२३)
२४. नेदरल्याण्ड (२०२२)
२५. नर्वे ( २०२३)
२६. अष्ट्रेलिया (२०२३)

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*