मुस्ताङको कोरला नाका व्यवसायिक रुपमा आजदेखि सञ्चालन

२७ कार्तिक २०८०, सोमबार १७:०१

काठमाडौं । मुस्ताङको कोरला नाका आजदेखि दुवैतर्फ सञ्चालनमा आएको छ । समुद्र सतहदेखि ४ हजार ६ सय ५० मिटर उचाइमा अवस्थित कोरोला नाकाको चीनको सिगात्से प्रान्तको झोम्वा काउन्टीका मेजेस्ट्री नुर्वु छिरिङ र मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले उद्घाटन गरेका छन् ।

नाका उद्घाटनको औपचारिक कार्यक्रममा चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) झोम्बा काउन्टीका सेक्रेटरीसमेत सुरक्षा अधिकारी तथा नेपालतर्फबाट भने लोमन्थाङ र लोघेकरदामोदर कुण्ड गाउँपालिका अध्यक्ष, सुरक्षा अधिकारी सहभागी थिए ।

कोरोला नाका व्यावसायिक रूपमा खुल्ला भएसँगै तिब्बतको झोम्बा काउन्टीले उपल्लो मुस्ताङका सीमावर्ती लोमन्थाङ र लोघेकरदामोदरकुण्ड गाउँपालिकाबासीलाई उपहारस्वरूप पठाएको तिब्बती नुन, चिया,३ घ्यू, कम्बल र सिरकसमेत समेतका सामान लिएर ३ वटा कन्टेनर (१२ वटा मिनी ट्रक)नेपाल भित्रिएका थिए

चीन सरकारको सहयोगमा अस्थायी भन्सार कार्यालय र शसस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (विओपी) का लागि आवश्यक पर्ने अस्थायी पूर्वाधार निर्माण गरिएको छ । लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाका जनप्रतिनिधिहरुको अनुरोधमा अस्थायी संरचना निर्माणका लागि चीन सरकारले पाँचवटा कन्टेनर उपलब्ध गराएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*