नेपाल सम्वतको आज नयाँ वर्ष, प्रधानमन्त्रीले भने, ‘न्यूदँया भिन्तुना’

२८ कार्तिक २०८०, मंगलवार ०८:४९

काठमाडौं । नेपाल सम्वत अनुसार आजबाट ११४४ वर्ष सुरु भएको छ । हरेक वर्ष म्ह पूजाको दिन सुरु हुने नेपाल सम्वत तिहारको भाइ टीकाको अघिल्लो पर्ने गर्दछ । प्रधानमन्त्री प्रचण्डले नेपाल सम्वतको नयाँ वर्षको अवसरमा शुभकामना जारी गर्दै सहकार्य र एकताका साथ अघि बढ्न आह्वान गर्दै सबै नेपालीमा न्यूदँया भिन्तुना भनेका छन् ।

नेपाल सम्वत अनुसारको पहिलो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जारी गरेको शुभकामना सन्देशमा नेपालीलाई सहकार्य र एकताका साथ राष्ट्रको समृद्वि, सुशासन र विकासको यात्रामा अग्रसर अपिल गरेका छन् । प्रधानमन्त्री प्रचण्डले जारी गरेको शुभकामना सन्देशमा भनेका छन्, ‘२१ औं शताब्दीको विकसित युगमा सबै जाति, भाषा, संस्कृति र समुदायको विविधता र पहिचानलाई स्थापित गरेर मात्र देशको आन्तरिक राष्ट्रियता सुदृढ गर्दै राष्ट्रिय स्वाधीनता र स्वाभिमानको रक्षा गर्न सकिन्छ । यही यथार्थलाई आत्मसात् गर्दै मेरो नेतृत्वको पहिलो गणतान्त्रिक सरकारले नेपाल संवतलाई राष्ट्रिय संवतको मान्यता दिने ऐतिहासिक निर्णय गरेको तथ्य स्मरण गर्दै नेपाल संवतले सम्पूर्ण नेपालीलाई सहकार्य र एकताका साथ राष्ट्रको समृद्वि, सुशासन र विकासको यात्रामा अग्रसर हुन प्रेरणा दिने मैले विश्वास लिएको छु ।’

आजभन्दा ११४३ वर्ष पहिले काठमाडौंका नेवार समुदायका ऐतिहासिक व्यतिm शंखधर शाख्वाले तत्कालिन अवस्थामा काठमाडौं उपत्यकाभित्रका जनताको ऋण मिनाहा गर्दै नेपाल सम्वत शुरु गरेका थिए । आजको दिनलाई ऋण मिनाहाको दिवस भने समेत अनौपचारिक रुपमा भन्न सकिन्छ ।

विशेष गरी नेवारी समुदायहरुले आजको दिनलाई विभिन्न र्याली तथा भिन्तुना समारोह गरी मनाउँदैछन् ।

यसैबीच, आजदेखि सरकारले सबै सरकारी काजगातमा नेपाल सम्वत उल्लेख गर्ने निर्णय कार्यान्वयनमा लैजादैछ । अब सबै सरकारी कागजातमा नेपाल सम्वत उल्लेख हुनेछ । नेपाल सम्वत तिथीमा आधारित क्यालेण्डर हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*