आज भाइटीका, उत्साहपूर्वक मनाइदै

२९ कार्तिक २०८०, बुधबार ०७:०९

काठमाडाैं । तिहारकाे आज अन्तिम दिन भाइटीका लगाएर उल्लासपूर्वक मनाइदैछ । यमपञ्चक अन्तर्गत पाँचाै दिन भाइटीका मनाइदैछ ।

दिदीबहिनीले दाजु भाइलाई विधिपूर्वक पूजा गरी टीका लगाइदैछ । तिहारको पाँचौं दिन आज भाइटीका पर्व दिदी बहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइन्छ ।

दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाएर दक्षिणा दिने चलन छ ।

आज टीकाकाे साइत १०:५१ बजेकाे लागि ताेकिएकाे छ । दिनैभरि टीका लगाउन मिल्ने जनाइएकाे छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*