रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा भाइटीका लगाउनेको भिड

२९ कार्तिक २०८०, बुधबार १२:०५

काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा भाइटीका लगाउने र लगाइदिने क्रम जारी छ । दिदी–बहिनी नभएकाहरु बालगोपालेश्वर मन्दिरमा पूजा गर्ने र टीका ग्रहण गर्ने चलन छ ।

त्यसैले रानीपोखरी बीचमा रहेको बालगोपालेश्वर मन्दिर तिहारको भाइटीकाको दिनमात्र खुल्ने गर्दछ । मन्दिरमा पूजा गर्ने र टीकाको व्यवस्थापन काठमाडौं महानगरपालिकाले मिलाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*