१६५ वर्ष अगाडि भाइटीकाको दक्षिणा मोरु ४००, अहिले त्यसको किम्मत ‘२ अर्ब’

३० कार्तिक २०८०, बिहीबार १५:३५

काठमाडौं । तिहारको भाइटीकामा दाजुभाइले दिदीबहिनीलाई दक्षिणा दिने प्रचलन अहिले पनि कायम छ । दक्षिणा स्वरुप कसैले लाख दुई लाख दिइहाले अहिले चाडबाड भड्किलो भयो भन्ने गरिन्छ । आज भन्दा १६५ वर्षअघि अर्थात् विक्रम संवत १९१५ सालमा राजा सुरेन्द्रले भाइ तिहारमा आफ्नी बहिनी पर्वत्या मैयालाई मो रु ४०० दक्षिणा दिएको दस्तावेज नै छ ।

केही समय पहिले तत्कालीन राजा वीरेन्द्रको विहे सर्वाधिक महँगो भनेर चर्चा भएको थियो । त्यसैगरी अहिले भाइटीकामा सुरेन्द्रले दिएको दक्षिणा चर्चामा आएको छ । त्यो बेलाको मो रु ४०० को अहिले कतिजति हुन आउला भनी धेरैले जिज्ञासा राखेका छन् ।

१६५ वर्ष पहिलेको यो दक्षिणलाई लगानी वा बीउ पूँजी मानेर प्रत्येक वर्ष ८ प्रतिशतका दरले मात्रै व्याज जोड्दै जाने हो भने अहिलेसम्म आइपुग्दा १३ करोड ९१ लाख हुन आउँछ । अझ त्यसलाई १० प्रतिशतमा मात्रै लैजाने हो भने दुई अर्ब ७० करोड ३० लाख हुन आउँछ ।

करिब ८० वर्षअघि सरकारी अखबार गोरखापत्रले काठमाडौंको इन्द्रचोक-मुवाहाल बस्ने हनुमानप्रसाद अर्थात् साहु हनुमानप्रसादको निधनमा सम्पादकीय नै लेखेको थियो । ३८ वर्षको उमेरमा देहत्याग गरेका साहु हनुमानप्रसाद गोरखापत्रको सम्पादकीय अनुसार करिब डेढ लाखका धनी थिए । यो वाक्यांशले पनि तत्कालीन राजा सुरेन्द्रले आफ्नी बहिनी पर्वत्यालाई भाइतिहारमा दिएको मो रु ४०० दक्षिणा निकै किम्ति मान्न सकिन्छ ।

यो पनि नछुटाउनुहोस्

वीरेन्द्र र ऐश्वर्यको विवाहमा ५० देशका पाहुना, खर्च १६ करोड

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*