रसुवागढी हाइड्रोपावरको नोक्सानी घट्यो, यस्तो छ समग्र वित्तीय अवस्था

१ मंसिर २०८०, शुक्रबार ११:०९

काठमाण्डौ । रसुवागढी हाइड्रोपावर कम्पनीको नोक्सान घटेको छ । कम्पनीले प्रकाशित गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणले नोक्सान घटेको देखाएको हो ।

प्रकाशित वित्तीय विवरण अनुसार कम्पनीको नोक्सानी गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवमा केहि घटेको छ । गत आवमा १ करोड ७८ लाख रुपैयाँ नोक्सानीमा रहेको उक्त कम्पनीको नोक्सानी केहि घटेर चालू आवको सोही अवधिमा १ करोड ५३ लाख रुपैयाँमा सीमित छ।

कम्पनीको चुक्तापूँजी ६ अर्ब ८४ करोड रुपैयाँ छ । यसैगरी कम्पनीको जगेडा कोष ३५ करोड १३ लाख रुपैयाँ ऋणात्मक छ । गत आवको पहिलो त्रैमासमा पनि कम्पनी ३० करोड ३४ लाख रुपैयाँ नोक्सानीमा थियो ।

कम्पनी नोक्सानीमा रहेकाले प्रतिसेयर आम्दानी पनि ९० पैसा ऋणात्मक छ ।कम्पनीको प्रतिशेयर नेटवर्थ ९४।८७ रुपैयाँ रहेको छ । कम्पनीले रसुवा जिल्लाको गोसाइकुण्ड गाउँपालिका १ र २ टिमुरेको सिमानामा हुँदै बहने भोटेकोशी नदीको पानी उपयोग गरेर १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

आयोजनाको निर्माणको हालको समष्टिगत भौतिक प्रगति ९७ प्रतिशत रहेको वित्तीय विवरणमा उल्लेख छ । हालसम्ममा कम्पनीले विद्युत उत्पादन भने सुरु गरेको छैन ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*