मनाङ भ्याली वाईन कम्पनीद्वारा विद्यालयको जग्गामा रक्सी उद्योग सञ्चालन

१ मंसिर २०८०, शुक्रबार २३:२०

काठमाडौं । केही समयअघि मात्रै मनाङमा उत्पादन सुरु गरिएको मनाङ भ्याली वाईन नामक कम्पनीले जनकल्याण प्राविको जग्गामा रक्सी उद्योग सञ्चालन गरेको खुलेको छ । बीमापोष्टसँग कुरा गर्दै मनाङ (ख) का प्रदेश सांसद तथा पूर्वमन्त्री राजिव गुरुङले विद्यालयको जग्गामा रक्सी उद्योग सञ्चालन हुनु दुर्भाग्यपूर्ण रहेको भन्दै तत्काल विद्यालयको जग्गामा रक्सी उत्पादन बन्द गर्न माग गरेका छन् ।

मनाङमा सञ्चालिन एग्रो मनाङ नामक स्याऊ फर्म सञ्चालन गर्दै कम्पनीले स्थानीय फर्ममा उत्पादित स्याउबाट रक्सी बनाउन विद्यालयको जग्गा प्रयोग गरेको हो । हाल जनकल्याण प्रा.वि बन्द अवस्थामा रहेको छ । केही वर्षपहिलेदेखि विद्यार्थी अभावमा उक्त विद्यालय बन्द रहेको हो । बन्द रहेको विद्यालय सञ्चालन गर्ने वातावरण सिर्जना गर्नुपर्नेमा मनाङस्थित राजनीतिमा समेत संलग्न व्यक्तिले सञ्चालन गरेको रक्सी उद्योगले विद्यालयको जग्गा समेत प्रयोग गरी मदिरा उत्पादन गर्दै आएकोमा स्थानीयबासी चिन्तित बनेका छन् ।

मनाङ भ्याली वाईनले मनाङ-ङिस्याङ गाउँपालिका वडा नं १ भ्राताङ गाउँमा रहेको जनकल्याण प्राविको जग्गामा रक्सी उद्योग सञ्चालन गरिएकोबारे सांसद गुरुङले मनाङका सिडिओसँग पटक पटक आग्रह गरी हटाउन माग गर्दा समेत वेवास्ता गरिएको आरोप लगाएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*