एलआईसी नेपालका टप पर्मफर अभिकर्ताहरुको भव्य सम्मान, तीन जनालाई एमडिआरटी लाइफटाईम अवार्ड, १४ जनालाई बीमा सम्राटको उपाधी

९ मंसिर २०८०, शनिबार २२:३२

काठमाडौं । नेपालको दोस्रो ठूलो जीवन बीमा कम्पनी एलआईसी नेपालले आज राजधानी काठमाडौंमा भव्य र विशाल सम्मान कार्यक्रम सम्पन्न गरेको छ । एलआइसी नेपालले एमडिआरटी २०२३, एमडिआरटी २०२४, सिओटी, टिओटी २०२३, सेन्चुरियन सम्मान, बीमा सम्राट र एमडिआरटीका आजिवन सदस्यहरुलाई भव्य समारोहका बीचममा सम्मान गरिएको हो ।

एलआईसी नेपालमा सबैभन्दा धेरै बीमा व्यवसाय गर्ने तथा तोकिएको मापदण्ड पूरा गरेका, एमडिआरटी, सिओटी र टिओटी लक्ष्य पुरा गरेका बीमा अभिकर्ताहरुलाई भव्य कार्यक्रमका बीमा कम्पनीका सिईओ प्रनय कुमारले विभिन्न अवार्ड तथा पुरस्कारहरु हस्तान्तरण गरेका छन् । काठमाडौंको होटल एभरेष्टमा आयोजित भव्य कार्यक्रममा दुई सय भन्दा बढि अभिकर्ता तथा कम्पनीमा उच्च तहका कर्मचारीहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।

सोही कार्यक्रममा चर्चित मोटिभेशन ट्रेनर लेखनाथ पौडेलले बीमा अभिकर्ता तथा एजेन्सी म्यानेजरहरुलाई पुनर्ताजगी तालिम दिएका थिए ।

कम्पनीले यस वर्ष बीमा सम्राटको रुपमा १४ जना बीमा अभिकर्ताहरुलाई सम्मानित गरेको छ । बीमा सम्राट हुनको लागि प्रत्येक महिनामा पाँच लाख रुपैयाँ प्रथम बीमा शुल्क र प्रत्येक महिना न्युनतम ८ वटा पोलिसी जारी गराउने १४ जनालाई बीमा सम्राट घोषणा गर्दै सिईओ प्रनय कुमारले भव्य रुपमा सम्मानित गरेका हुन् । त्यस्तै, एमडिआरटीका लाइफ टाइम मेम्वर रहेका धर्मराज भण्डारी, सन्त कमार मेहता, संगिता भक्तराजलाई सम्मानित गरिएको थियो ।

एमडिआरटीको लाइफ टाइम मेम्वर हुनको लागि १० वर्षदेखि लगातार एमडिआरटी लक्ष्य पुरा गरी दर्ता गरेको हुनुपर्ने व्यवस्था छ । सो सदस्यता पाउने एलआईसी नेपालमा मात्रै तीन जना रहेका छन् ।
त्यस्तै, यस वर्ष कम्पनीले बार्षिक १०० वटा वा सो भन्दा बढि बीमा पोलिसी बिक्री गर्ने १२९ जनालाई सम्मानित गरेको छ । कम्पनीले प्रत्येक वर्ष सेन्चुरियन सम्मानमार्फत यस्ता अभिकर्ताहरुको हौसला बढाउँदै आएको छ । एमडिआरटी २०२३ केही पहिला नै गर्नुपर्ने भएपनि यस वर्ष २०२४ मा लक्ष्य पुरा गरी दर्ता गरेका र अघिल्लो वर्षका एमडिआरटी बिजेताहरुलाई सम्मानित गरेको हो ।

आज आयोजित भव्य र विशाल कार्यक्रमपछि बीमा अभिकर्ताहरुले कार्य क्षेत्रमा अझै प्रतिबद्ध भएर खटिन हौसला मिलेको पुनर्ताजगी तालिममा सहभागी यसअघि बीमा सम्राट भइसकेका गोबिन्द प्रसाद गिरीले बताए । एलआईसी नेपालको आजको कार्यक्रममा देशका विभिन्न भागबाट अभिकर्ताहरु सहभागी रहेका थिए ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*