६ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?
१० मंसिर २०८०, आईतवार ११:०२

काठमाडौं । साता कारोबारको पहिलो अर्थात आइतबार सुनको मूल्य बढेको छ । नेपाली बजारमा आज सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख १६ हजार ९०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख १६ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ ।
साथै, चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेर तोलामा एक हजार ४८५ रुपैयाँमा कारोबार भैरहेको छ ।