मोटरसाइकलको किस्ता तिर्न नसकेपछि फेसबुकमा सुसाइड नोट, प्रहरीले बचायो तत्काल

१० मंसिर २०८०, आईतवार १४:०५

काठमाडौं । मोटरलाइकलको किस्ता तिर्न नसकेपछि फेसबुकमा सुसाइड नोट लेख्ने एक जनालाई प्रहरीले उद्धार गरेको छ । आर्थिक मन्दीका कारण मोटरसाइकलको इएमआई बापतको २८ हजार तिर्न नसकेपछि फेसबुकमा सुसाइड नोट लेख्ने नविन श्रेष्ठलाई जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले फेला पारी उद्धार गरेको हो ।

एमएडब्लु इन्भेष्टमेन्टले १० मंसिरमा जसरी भए पनि २८ हजार बुझाउन भनेपछि टर्चर सहन नसकेर नविनले छोरालाई सम्बोधन गरेर फेसबुक वालमा सुसाइड नोट लेखेका थिए । सुसाइड नोट लेखेको केही समयमै उनको प्रहरीले खोजी गरेर उद्धार गरेको हो । उनले फेसबुक टाइमलाइनमा एमएडब्लुले पठाएको म्यासेज र सानो नाबालकको तस्वीर समेत राखेर नोट लेखेका हुन् ।

उनले एमएडब्लुले फोन गरेर पत्रिकामा तीन पुस्ते निकालिदिन्छु भन्दै तनाव दिएपछि बाध्य भएर जीवन अन्त्य गर्दै छुँ भन्दै लेखेका छन् । जवाफमा नेपाल प्रहरीले समेत आफ्नो आधिकारिक फेसबुकमार्फत नोट लेख्ने नविनलाई फेला पारेर उद्धार गरेको रिप्लाई गरेको छ ।

आर्थिक मन्दीको चर्को मारले कामकाज ठप्प भएपछि मोटरसाइकलको किस्ता तिर्न नसकेपछि नविनले ‘सुसाइड अटेम्ट’ गरेकोमा प्रहरीले समयमै खोजी गर्दा अप्रिय घटना हुन पाएन । तर, यसअघि त्यसरी लोनको तनावबीच प्रेमप्रसाद आचार्यले संसदभ भवनअघि शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए । उपचारका क्रममा उनको मृत्यु भएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*