बबरमहलमा यात्रु आफैँले ट्राफिक लाइट बटन थिचेर बाटो काट्न मिल्ने (फोटोसहित)

काठमाडौं । काठमाडौंको बबरमहलमा पैदलयात्रु आफैँले ट्राफिक लाइटको बटन थिचेर बाटो काट्न सक्ने भएका छन् । काठमाडौं महानगरले बबरमहलमा पैदलयात्रुलाई बाटो काट्न सहज होस् भनि यस्तो प्रविधि सञ्चालनमा ल्याएको हो ।
स्वतन्त्र कानून व्यवसायी मञ्चले काठमाडौं महानगरमा काठमाडौं जिल्ला अदालत अगाडि सेवाग्राही र कानून व्यवसायी तथा अन्य पैदलयात्रीलाई बाटो काट्न जोखिम भएको भन्दै महानगरपालिकामा गत कात्तिक २२ गते बत्ती जडान गरिदिन निवेदन दिएको थियो । निवेदन परेको २० दिनमै महानगरले पोलिगन प्रविधिको ट्राफिक लाइट जडान गरेको हो ।

टाइमर सहितको यो बत्ती जडान गर्न करिव ९ लाख रुपैयाँ खर्च भएको महानगरले जनाएको छ । यस प्रकारको ट्राफिक लाइटमा बटन थिचेपछि ५ सेकेन्डमा हरियो बत्ती बल्ने र तोकिएको ३० सेकेण्डभित्र पैदलयात्रुले जेब्रा क्रस गरिसक्नुपर्नेछ । यो प्रविधि सोमबारदेखि सञ्चालनमा आएको हो ।
















