सुनको मूल्यले बनायो नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

११ मंसिर २०८०, सोमबार ११:१०

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । सोमबार नेपाली बजारमा सुनको मूल्य पाँच सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मल्य प्रतितोला १ लाख १७ हजार ४०० रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख १६ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य प्रतितोला १ हजार ५ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*