सुनको मूल्यले बनायो नयाँ रेकर्ड, प्रतितोला मूल्य १ लाख १७ हजार ७ सय

१२ मंसिर २०८०, मंगलवार १०:५१

काठमाडौं । साताको तेस्रो दिन सुनको मूल्यले नेपाली बजारमा नयाँ रेकर्ड कायम गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुन प्रतितोला ३०० रुपैयाँले बढेर १ लाख १७ हजार ७०० रुपैयाँ कायम भएको हो ।

त्यस्तै, आज तेजावी सुनको मूल्य तोलाको १ लाख १७ हजार १५० रुपैयाँ कायम भएको छ । यो हालसम्मकै उच्च मूल्य हो ।

आज चाँदीको भाउ भने स्थिर रहेको छ । मंगलबार चाँदी प्रतितोला १ हजार ५०० रुपैयाँमा कायम रही कारोबार भईरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*