हिमालयन र सिभिल क्यापिटलको एकीकृत कारोबार भोलिदेखि

१४ मंसिर २०८०, बिहीबार ०९:४८

काठमाडौं । हिमालनय क्यापिटलले सिभिल क्यापिटललाई प्राप्त गरी एकीकृत कारोबार थाल्ने भएको छ । भोलि (मंसिर १५ गते) देखि हिमालयन क्यापिटल लिमिटेडको नामबाट कारोबार थालिने कम्पनीले जनाएको हो ।

दुबै कम्पनीको गत भदौ २७ गते सम्पन्न भएको छुट्टाछुट्टै विशेष साधारणसभामा मर्जर तथा एक्विजिशन सम्बन्धी प्रस्ताव पारित भएको थियो । कम्पनी रजिष्ट्रारको कार्यालयले प्राप्ति गर्नका लागि मंसिर १२ गते स्वीकृति प्रदान गरेको थियो ।

सिभिल क्यापिटलको सम्पूर्ण सम्पत्ति तथा दायित्वसमेत सकार गरी एकीकृत कारोबार गरिने कम्पनीको सञ्चालक समितिको बैठकले निर्णय गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*