इन्धनको मूल्य घटाउने आयल निगमको निर्णय, भोलिदेखि पेट्रोल, डिजेल र ग्याँसको मूल्य कति ?

१४ मंसिर २०८०, बिहीबार २१:३१

काठमाडौं । चौतर्फी विरोधपछि भ्रष्टाचारमा चुर्लम्म डुबेको नेपाल आयल निगमले आजै मध्येराति देखि लागू हुने गरी इन्धनको मूल्य घटाएको छ ।

नेपाल आयल निगमको आज साँझ बसेको सञ्चालक समितिको बैठकले पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर चार रुपैयाँको दरले घटाउने निर्णय गरेको छ ।
साथै निगमले खाना पकाउने ग्याँसको मूल्य भने यथावत नै राखेको जनाएको छ ।

हेरौं आज राति १२ बजेदेखि लागू हुने मूल्य सूचि

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*