काठमाडौँको सुकेधारामा आगलागी

१५ मंसिर २०८०, शुक्रबार १८:१६

काठमाडौँको सुकेधारामा आगलागी भएको छ । सुकेधारास्थित केशमाया डंगोलको घरमा आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुमोध ढुंगेलले जानकारी दिए ।

डंगोलको साढे ३ तले घरको भान्साबाट आगो सल्किएको हो । घटनास्थलमा डिएसपी अमर थापाको नेतृत्वमा टिम परिचालन गरिएको र आगो निभाउने प्रयास भइरहेको एसपी ढुंगेलले जानकारी दिए ।

घटनास्थलमा दमकलसहित अग्नि नियन्त्रकहरुले निभाउने प्रयास गरिरहेको छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*