एनसेलको शेयर कौडीमा बेचेर भाग्यो एक्जियटा, १४३ अर्बको शेयर छ अर्बमा झर्यो

१६ मंसिर २०८०, शनिबार ०८:०२

काठमाडौं । विवादै विवादमा चलिरहेको एनसेलको मुख्य लगानीकर्ता मलेसियास्थित बहुराष्ट्रिय कम्पनी एक्जिटा कौडीको भाउमा शेयर बिक्री गरेर भाग्ने निर्णय गरेको छ । करिब सात वर्ष अर्ब एक खर्ब ४३ अर्बमा एनसेलको ८० प्रतिशत शेयर खरिद गरेको मलेसियास्थित एक्जियटाले सात वर्षपछि नै शेयर बिक्री गरेर भाग्ने निर्णय गरेको छ ।

एनसेलले हिजो सार्वजनिक गरेको प्रेस बिज्ञप्ति अनुसार हाल एक्जिटाको नाममा रहेको एनसेलमा ८०प्रतिशत शेयर हिस्सा रहेको रेनोल्डस होल्डिङको १०० प्रतिशत शेयर एनसेलमा २० प्रतिशत लगानी रहेको सतिशलाल आचार्यको नामको सिंगापुरस्थित स्पेक्ट्रलाईट नामक कम्पनीले खरिद गर्ने लिखित सम्झौता भएको छ । सम्झौता बमोजिम कूल पाँच करोड अमेरिकी डलरमा एक्जिटाले रेनोल्डस होल्डिङको शत प्रतिशत शेयर सतिशलाल आचार्यको कम्पनीलाई बिक्री गरिएको हो ।

कूल सम्पत्ति र दायित्व बरावरी अवस्थामा पुगेर डुब्न लागेको एनसेलको शेयर जम्मा छ अर्ब ६६ करोड नेपाली रुपैयाँमा खरिद बिक्री भएको हो । सात वर्षअघि एक खर्ब ४३ करोडमा खरिद गरेको शेयर एक्जियटाले रहस्यामय तरिकाले शेयर बिक्री गरेको हो ।

उता, नियामक निकाय नेपाल दुर सञ्चार प्राधिकरणले पूर्व स्वीकृति बिना शेयर बिक्री वितरण गरेको बारे काठमाडौंस्थित एनसेलसँग स्पष्टिकरण सोधेको छ । नेपाली बैंकहरुबाट २० अर्बभन्दा बढि ऋण लिएको एनसेलको शेयर खरिद बिक्रीमा नेपालको नियामक निकायलाई सुईको सम्म नदिई शेयर बिक्री गरेर एक्जियटा भाग्ने भएपछि नियामक निकाय प्राधिकरणले चासो दिएको हो ।

पछिल्लो समयदेखि लगातार व्यापार खस्किरहेको एनसेलको मुख्य लगानीकर्ता एक्जियटा अन्ततः भागेको छ । नेपालमा अर्बौ रुपैयाँ घुस सेटिङ गरी राजनीतिक दलका नेताहरुलाई घुस सेटिङमा प्रभावमा पारेर गैर कानुनी धन्दा चलाउँद आएको एनसेलको लाईसेन्स २०८६ सालमा सकिदैछ । लाईसेन्स सकिने अवधि निजिकिँदै जाँदा स्मार्ट सेलकै शैलीमा एनसेल पनि भाग्ने स्थितिमा पुगेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*