हिमालयन एयरलाइन्सले सुरु गर्यो काठमाडौं–सांघाई उडान

१७ मंसिर २०८०, आईतवार १३:२७

काठमाडौं । हिमालयन एयरलाइन्सले काठमाडौं–सांघाई–काठमाडौं उडान सेवा सुरु गरेको छ । एयरलाइन्सले चीनको ठूलो सहर सांघाईमा शनिबारदेखि नियमित उडान प्रारम्भ गरेको हो ।

पहिलो आउटबाउन्ड उडान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समय अनुसार बिहान ९ः५० मा सांघाईको लागि प्रस्थान गरेको थियो । करिव ४ घण्टा ७ मिनेटको उडान अवधि रहने बताइएको पहिलो उडानमा कूल यात्रु संख्या एक सय अठतिस रहेको थियो ।

डिसेम्बर २ पछि सुरुमा हरेक शनिवार मात्र उडान सेवा सञ्चालन गर्ने योजना रहे पनि डिसेम्बर २०, २०२३ देखि हरेक बुधबार र शनिबार गरी हप्तामा दुई पटक उडान सेवा बिस्तार गर्ने एअरलाइन्स्को योजना रहेको छ । यस उडान सेवासँगै नेपाल र चीनबीच हिमालय एअरलाइन्स्को यो तेस्रो सिधा उडान सेवा हुनेछ । एअरलाइन्स्ले यस अघि नै बेइजिङ र छिन्ताओमा नियमित रूपमा उडान सेवा सञ्चालन गर्दै आएको छ ।

उक्त उद्घाटन कार्यक्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारी र नेपालका लागि चिनियाँ आर्थिक तथा वाणिज्य कन्सुलर सी यु प्रमुख अतिथिका रुपमा उपस्थित भएका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*