बैंकास्योरेन्स व्युताँउने दाउमा रहेका बीमा प्राधिकरणका अध्यक्ष सिलवाललाई अभिकर्ताको चेतावनी

१७ मंसिर २०८०, आईतवार १५:५६

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७६/७७ को मौद्रिक नीतिमार्फत रोक्का गरेको बैंकास्योरेन्स व्यूताँउने दाउमा रहेका नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालाई बीमा अभिकर्ताहरुले चेतावनी दिएका छन् ।

राष्ट्र बैंकले प्रथम त्रैमासको मौद्रिक नीति जारी गर्ने समय नजिकिरहेको छ । सोही सन्दर्भमा फेरि बैंकास्योरेन्स सञ्चालनमा आओस् भन्ने आशा उनीहरूमा पाइएको छ । बैंकसं संघका अध्यक्ष सुनील केसी सहभागी एक सार्वजनिक कार्यक्रममा आफना अभिव्यक्ति राख्दै बैंकास्योरेन्स पुन सुचारु गर्ने बिषयमा प्रश्न राखेको बिषयमा अभिकर्ताहरुले आपत्ति जनाउदै प्राधिकरणमा सपष्टिकरणसहित निवेदन नै पेश गरेका छन् ।

नेपाल बीमा प्राधिकरणले अध्यक्ष सूर्य प्रसाद सिलवालले बैंकास्योरेन्स पुनः सुचारु गर्ने प्रस्ताव अघि बढाउने बिषयमा छलफल भईरहेको अभिव्यक्ति दिएका थिए । बैंक र बीमासँगै अघि बढेर जाँदा बीमा पहुँच अत्याधिक मात्रामा वृद्धि गर्न सक्ने हुँदा बैंकास्योरेन्स पुन सुचारु गर्ने बिषयमा उनले उक्त कार्यक्रम पुन सुचारु गनुपर्नेमा जोड दिएका थिए ।

उक्त कार्यक्रममा बीमा प्राधिकरणको बोर्डमा छलफल भईरहेको र बैंकर्स संघसँग पनि उपयुक्त हुन्छ भने छलफलमा अघि बढ्ने बिषय प्रकट गरेका थिए । संसारमा बैंकास्योरेन्सले बीमा क्षेत्र सफल बनाएका थुप्रै उदाहरणहरु रहेको हुँदा यसतर्फ प्राधिकरण केन्द्रित हुने भन्दै सुचारु गनुपर्नेमा जोड दिएको समाचारको बिषयलाई लिएर अभिकर्ताहरु निवेदनसहित प्राधिकरण नै पुगेर अध्यक्ष सिलवाललाई यस बिषयमा सपष्टिकरण मागेका थिए ।

प्राधिकरणका अध्यक्ष सिलवालले के कारणले बैंकास्योरेन्स बन्द भएको हो भन्ने बिषयमा कार्यक्रममा छलफल भएपछि उक्त कुरा राखेको अभिकर्ताहरुलाई जवाफ दिएका थिए । बैंकास्योरेन्समा केही समस्या रहे पनि त्यसलाई सुधार गरेर अघि बढाउन सकिए समग्र क्षेत्रलाई हित हुने बीमा कम्पनीहरू बताउँछन् ।

बीमा कम्पनीहरूले बैंकास्योरेन्सको कुरा उठाएको बेला बीमा अभिकर्ताहरूले भने आफ्नो रोजीरोजीको चिन्ता उठाएका छन् । उनीहरूले आफूहरूको रोजगारी गुम्ने गरेर कुनै किसिमका योजना नल्याउन पनि चेतावनी दिएका छन् । आफूहरूले जनतालाई बीमा के हो ? भनेर बुझाएर ठिक्क पारेको व्यवसाय बैंकले खोस्दा सैह्य नहुने अभिकर्ताहरूको भनाई छ ।

विगतमा बैंकास्योरेन्समा समस्या देखिएको स्वयम बीमा कम्पनीहरूले पनि स्वीकार गरेका छन् । तर बैंकास्योरेन्सको समस्या कहिंकतै रहे पनि यति राम्रो कार्यक्रमलाई जरैदेखि नष्ट गर्न आवश्यक नरहेको बीमा कम्पनीका सीईओहरूको तर्क छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*