फेरि चिनीको अभाव देखियो बजारमा

१७ मंसिर २०८०, आईतवार १७:३३

काठमाडौं । बजारमा फेरि चिनीको अभाव देखिएको छ । सरकारले आपूर्ति व्यवस्थामा गरेको गम्भीर हेलचेक्रयाँइ गरेका कारण बजारमा फेरि चिनीको अभाव देखिएको व्यापारीहरु बताउँछन् । दशैं अघिदेखि सुरु भएको चिनीको अभाव चिर्न प्रभावकारी हस्तक्षेप नहुँदा उपभोक्ताहरुले फेरि चिनी अभाव झेलेका हुन् । काठमाडौं उपत्यकाका खुद्रा र होलसेल पसलहरुमा फेरि चिनी अभाव भएको व्यापारीहरुले बताएका छन् ।

केही दिन देखि बजारमा चिनी अभाव भएको र ग्राहकहरु चिनी नपाएर फर्केको नेपाल खुद्रा व्यापार संघले जनाएको छ । संघका कोषध्यक्ष ध्रुब अधिकारीकाअनुसार व्यापारीहरुले समेत कतै पनि चिनी किन्न पाएका छैनन् । ‘साल्ट, खाद्य व्यवस्था र चिनीका व्यापारीहरुले बजारमा चिनी पठाएका छैनन्,’ अधिकारीले भने, ‘बजारमा फेरि पनि चिनी छैन ।’

पछिल्लो २ दिनयता चिनीका ग्राहकहरु रित्तो हात फर्किनु परेको उनको भनाइ छ । आफूले माग गर्दा साल्ट लगायतका संस्थाहरुले चिनी छैन भनेको उनले बताए ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*