नेपाल एयरलाइन्सको आन्तरिक उडानमा दुई अपाङ्गता यात्रुलाई ५०% छुट

१८ मंसिर २०८०, सोमबार ०६:५६

काठमाडौं । नेपाल एयरलाइन्सले अपाङ्गता यात्रुलाई टिकट शुल्कमा छुट दिने भएको छ । नेपाल वायु सेवा निगमले प्रत्येक आन्तरिक हवाई उडानमा दुई अपाङ्गता यात्रुलाई ५० प्रतिशत छुट दिने घोषणा गरेको हो ।

निगमका अनुसार आन्तरिक उडानका लागि सुरुमा टिकट काट्ने अपाङ्गता भएका २ जनाले मात्र ५० प्रतिशत छुट पाउनेछन् । विश्व अपाङ्गता दिवस (डिसेम्बर ३) को अवसर पारेर निगमले उक्त नियम लागू हुने गरी छुटको घोषणा गरेको हो ।

निगमका अनुसार रातो, निलो र पहेँलो वर्गको अपाङ्गता परिचय पत्र लिएका सुरूमा टिकट काट्ने दुई जना यात्रुले उक्त छुट पाउनेछन् । यो सुविधा लिनका लागि यात्रुले सक्कल परिचय पत्रसहित निगमको कार्यालयमा सम्पर्क राख्नुपर्ने हुन्छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*