सानिमा रिलायन्स लाइफको बिजनेस कन्फ्रेन्स भव्यताका साथ सम्पन्न, उत्कृष्ट तीन विधाका अभिकर्ता सम्मानित

१८ मंसिर २०८०, सोमबार १६:०८

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले बिजनेस कन्फ्रेन्स २०८० सम्पन्न गरेको छ । कम्पनीले मधेश प्रदेशमा रहेका विरगंज र बर्दिवास रिजनलको बिजनेस कन्फ्रेन्स महोत्तरीको बर्दिवासमा सम्पन्न गरेको हो ।

विरगंज र बर्दिवास रिजनमा रहेका शाखाहरुमा आबद्ध उत्कृष्ट अभिकर्ताहरुलाई अभिप्रेरित गराउने उदेश्यले सम्पन्न उक्त कार्यक्रममा ४ सयभन्दा बढीको सहभागिता रहेको कम्पनीका बर्दिवास शाखा प्रमुख तुलसी रमण काफ्लेले बीमापोष्टलाई जानकारी दिए ।

कम्पनीको तर्फबाट डिपुटी सिइओ निराजन कंडेल तथा चिफ, बिजनेस अफिसर गुणराज श्रेष्ठले अभिकर्ताहरुलाई अभिप्रेरित गर्दै बीमा क्षेत्रमा व्यक्तित्व विकास र आर्थिक विकासमा प्रचुर सम्भावना रहेको बताउदै अभिकतालाई हौसला प्रदान गरेका थिए ।

May be an image of one or more people, table and dais

कार्यक्रममा दुवै क्षेत्रका तीन विधामा उत्कृष्ट बिजनेस गर्ने १८ अभिकर्ताहरूलाई सम्मान प्रदान गरिएको कम्पनीका बर्दिवास शाखा प्रमुख काफ्लेले बीमापोष्टलाई जानकारी दिए ।

कम्पनीले बर्दिवास रिजनबाट प्रथम बीमा शुल्क आर्जन गर्ने सुशिल मालि–प्रथम, घनश्याम बस्नेत– द्वितिय र विकर प्रसाद साह–तृतीय स्थानमा रहेकालाई सम्मान प्रदान गरेको थियो ।

त्यसैगरी धेरै संख्यामा बीमालेख आर्जन तर्फ सुशिल मालि तथा सौरभ कुमार झा–प्रथम, शम्भु राउत द्वितिय, विकर, प्रसाद साह तृतीय रहेका थिए र टिम बिजनेसमा सुनिल कुमार झा–प्रथम, बैद्यनाथ राम द्वितिय तथा पिंकु कुमारी मिश्र तृतिय स्थानमा रहेका थिए ।

May be an image of 12 people, dais and text

त्यस्तै,कम्पनीले विरगंज रिजनबाट प्रथम बीमा शुल्क आर्जनतर्फ यशोदा देवकोटा प्रथम, पुजा गुप्ता द्वितिय र मो. खैरुल्लाह खानले तृतिय स्थान हासिल गरेका अभिकर्ताहरुलाई सम्मान प्रदान गरेको थियो ।

यसका साथै, कम्पनीले बीमालेख संख्या आर्जनमा अंजू साह प्रथम, पुजा गुप्ता द्वितिय र यशोदा देवकोटा तृतिय तथा टीम बिजनेश आर्जनमा यशोदा देवकोटा प्रथम, सिकिन्द्र साह र दिपेन्द्र साहलाई सम्मान प्रदान गरेको कम्पनीका बर्दिवास शाखा प्रमुख तुलसी रमण काफ्लेले बीमापोष्टलाई जानकारी दिए ।

May be an image of 6 people and text that says 'SANIMA RELIANCE LIFE INSURANCE रिवद'

May be an image of 6 people, dais and text

May be an image of 5 people, dais and text that says 'SANIMA LIFE INSURANCE RELIANCE'

May be an image of 6 people, dais and text that says 'SANIMA LIFE INSURANCE RELIANCE'

May be an image of 6 people, dais and text

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*