२४ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

१९ मंसिर २०८०, मंगलवार ११:१४

काठमाडौं । साताको तेस्रो दिन सुनको मूल्य घटेको छ । आज सुन तोलामा २४ सयले सस्तिएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुन १ लाख १९ हजार २०० र तेजावी सुन १ लाख १८ हजार ६५० रुपैयाँ प्रतितोला कायम भएको छ । कारोबारको अघिल्लो दिन छापावाला सुन १ लाख २१ हजार ६०० र तेजावी सुन १ लाख २१ हजार रुपैयाँ प्रतितोला कायम भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ४५ रुपैयाँले सस्तिएको छ । मंगलबार चाँदी १ हजार ५०० रुपैयाँ प्रतितोला कायम भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*