आजियटाका सीईओलाई अर्थ समितिमा उभ्याउन रास्वपा सांसद वाग्लेको माग

२० मंसिर २०८०, बुधबार १२:२४

काठमाडौं । दूरसञ्चार सेवा प्रदायक एनसेल खरिदविक्री गर्ने दुबै पक्षलाई अर्थ समितिमा उभ्याउन सांसदहरुले माग गरेका छन् । राष्ट्रि स्वतन्त्र पार्टीका सांसद एवं उपसभापति डा. स्वर्णिम वाग्लेले गुपचुपमा एनसेल खरिदविक्री गर्ने मलेसियन साझेदार आजियटाका सीईओ र नेपाली साझेदार सुनिभेरा क्यापिटल भेन्चरका सञ्चालक दुबैलाई अर्थ समितिमा उभ्याउनु पर्ने माग गरेका हुन् ।

समितिको बैठकमा सहभागि अन्य सांसदहरुले समेत यस विषयमा गम्भीर छानविन गर्नुपर्ने माग गरेका छन् । सत्ता र प्रतिपक्षमा भएका दलहरुको सर्वदलीय बैठकले समेत यस प्रकरणमा विशेष छानविन गर्ने निर्णय गरिसकेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*