न्यूरोडमा सुन गाल्ने कारखाना चलाउने कैलालीका प्रदमप्रसाद पाण्डे पक्राउ, ‘तस्करी’को ८ किलो सुन बरामद

२० मंसिर २०८०, बुधबार १२:४०

काठमाडौं । न्यूरोडस्थित अवैध सुन गाल्ने एक कारखानामा प्रहरीले छापा हानेर ७ किलो ८ सय ग्राम सुनसहित सञ्चालकलाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय बानेश्वरको टोलीले कैलालीका पदमप्रसाद पाण्डेले सञ्चालन गरेको पर्ल गोल्ड प्रालिमा छापा मारेको हो ।

४१ वर्षीय पाण्डेको कारखानामा तस्करीबाट ल्याइएको सुन गाल्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । पाण्डेले तस्करीको सुन गालेर गहना बनाएर बेच्ने गरेको सूचना प्रहरीले पाएको थियो । त्यसको आधारमा पुगेको प्रहरी टोलीले छापा मारेर सुन बरामद गरेको हो । बरामद गरिएको केही सुन ढिक्कामा छन् भने केही गहना बनाइसकेको प्रहरीले जनाएको छ ।

प्रहरीले ३ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँच पार गरेर बाहिरिएको ६० किलो सुन बरामद गरेको थियो । त्यसअघि विद्युतीय सिगरेट ९भेप० मा लुकाएर समेत ९ किलो सुन तस्करी भएको थियो । दोलखामा पछिल्लो समय सुन तस्करीका घटनाहरु बढ्दै गएका छन् ।

तस्करी प्रकरणहरुबारे छानबिन गर्न सरकारले उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वमा उच्चस्तरीय छानबिन समिति बनाएको छ । उच्चस्तरीय छानबिन समितिले सुन तस्करी प्रकरणमा पक्राउ परेकाहरुको धमाधम बयान लिइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*